आन्दोलनरत दलहरुसँग अब औपचारिक वार्ता

4 dal ka netaकाठमाडौं, २ साउन । उच्चस्तरीय राजनीतिक समितिले आन्दोलनरत नेकपा–माओवादीसहितका दलहरुलाई औपचारिक रुपमा पत्र पठाई वार्तामा बोलाउने निर्णय गरेको छ ।
राजधानीमा आज (बुधबार) बसेको समितिको बैठकले नेकपा–माओवादीसहितका दललाई पत्र पठाउने निर्णय गरेको हो । ‘आन्दोलनरत नेकपा–माओवादीसहितका दललाई औपचारीक रुपमा वार्तामा बोलाउने निर्णय भएको छ,’ एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा निर्वाचन र निर्वाचन पछिको अवस्थाका बारेमा पनि परामर्श भएको छ । ठोस निर्णय नभए पनि अर्को निर्वाचनसम्म संविधानसभालाई व्यवस्थापिका संसदका रुपमा रुपान्तरण गरी जाने विषयमा प्रारम्भीक सहमति भएको छ ।
निर्वाचनको वातावरण बनाउन पहल गर्ने सहमित गरेको समितिले औपचारीक वार्ता संभवत बिहीबारदेखिनै शुरु हुने जनाएको छ । सरकारले पनि निर्वाचनका लागि राजनीतिक माहोल बनाउन दवाव दिँदै आएको छ ।
निर्वाचन सम्पन्न भएको ६ महिना भित्रमा संविधानको पहिलो मस्यौदा तयार पार्ने गरेर जाने विषयमा पनि समितिमा छलफल भएको छ । संविधानसभा निर्वाचन मंसिर–४ गते हुने तयारी भईरहेको छ ।
यसैबीच, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आजै देखि समितिको संयोजकको जिम्मेवारी सम्हालेका छन् । दाहाल दोस्रो पटक संयोजक भएका हुन् ।

प्रतिक्रिया