असमान व्यवहारको अन्त्य

भारत । भारतको नयॉ दिल्लीमा चिकि त्साशात्रमा स्नातकोत्तर तह (एमडि) पढिरहेका नेपाली विद्यार्थीले पारिश्रमिक प्राप्तिमा लामो समयदेखि भोगेको असमान व्यवहारको अन्त्य भएको छ ।

दिल्ली उच्चन्यायालयले मंगलबार अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)मा पढिरहेका नेपाली विद्यार्थीलाई पनि भारतीयसरह पारिश्रमिक तथा सुविधा दिनुपर्ने फैसला सुनाएपछि यो विभेद अन्त्य भएको हो।

उच्चन्यायालमा न्यायाधिस भिके जैनको बेन्चले भारतीय संविधानको धार १४ मा व्यवस्था भएको समानताको अधिकारको व्याख्या गर्दै ‘भारतीय भूमिमा जुनसुकै देशका नागरिक भए पनि समान व्यवहार हुनुपर्ने’ फैसला सुनाएका थिए । फैसलापछि चण्डीगढस्थित मेडिकल कलेजमा अध्ययरत नेपाली विद्यार्थीले सन् २०११ मे देखि प्रतिमहिना ५० हजार भारतीय रुपैयाँ बराबरको रकम प्राप्त गर्ने छन् । अदालतले आजको मितिदेखि १२ सातासम्ममा त्यो रकम उपलब्ध गराउन एम्सलाई आदेश दिएको छ।

यसअघि एउटै प्रश्नपत्रमा आधारित प्रवेश परीक्षाबाट संस्थामा प्रवेश पाएका भारतीय विद्यार्थीले मासिक पारिश्रमिक पाउँथे। नेपाली तथा अरू गैर भारतीय विद्यार्थी भने बिना पारिश्रमिक काम गर्न बाध्य थिए । यसले विभेद सृजना गरेको भन्दै सन् २०१० यता त्यहाँ पुगेका नेपाली चिकित्सक विद्यार्थीले दिल्ली उच्च न्यायालयमा रिट दायर गरेका थिए ।

विगत तीन वटा सुनुवाईहरूमा अदालतले एकै प्रतिस्पर्धाबाट छानिएका नेपाली अन्य विदेशी विद्यार्थीलाई भारतीय विद्यार्थी समान काम लगाए पनि पारिश्रमिक नदिनुको आधार पेश गर्न एम्मस पक्षलाई आदेश दिएको थियो । तीन वटै सुनुवाइमा जवाफ टार्दै आएको एम्स पक्षले गत बिहीबार प्रस्तुत गरेको आधारमाथि न्यायाधिशले असहमती जनाएका थिए । उनले सोही आधारमा ‘मुद्दा बन्द गरिएको र तीन दिन भित्र फैसला गरिदिने’ बताएका थिए । त्यसपछिका दुई दिन सार्वजनिक विदा परेकोले लिखित फैसला पाउन मंगलबारसम्म कुर्नु परेको थियो।

प्रतिक्रिया