ढुङ्गा लागेर महिला घाइते/प्रसनिको मृत्यू

रोल्पा, १ साउन । रोल्पा जिल्लामा ढुङ्गा लागेर एकमहिला गम्भीर घाइते भएकी छन् ।
तरकारी विक्री गर्न सदरमुकाम लिबाङ्तर्फ जाँदै गर्दा धबाङ–३ निवासी ४० बर्षीया मनभुजी खत्रीलाई महिला तथा बालबालिका कार्यालय नजिकै माथिबाट खसेको ढुङ्गाले टाउकोमा चोट लागेको थियो ।
घाइते खत्रीको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, रोल्पामा कार्यरत प्रहरी सहायक निरीक्षक वेदकुमार चौधरीको पहिरोमा पुरिएर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय इरिबाङमा दरबन्दी भई जुँगारमा कार्यरत चौधरीको पहिरोमा पुरिएर सल्यानमा मृत्यू भएको हो ।
देउखुरीको सतबरियाका स्थायी बासिन्दा सहायक निरीक्षक चौधरीले कार्यालयको कामका सिलसिलामा सल्यान कपुरकोटको बाटो हुँदै दाङ जाँदै थिए । उनलाई सल्यानको धनबाङमा पहिरोमा पुरिएका थिए ।
धनबाङ–७, कपुरकोट अबिरल वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि गाडी रोकेर पिसाब गर्ने क्रममा पहिरो झरेर चौधरीलाई पुरेको थियो ।

प्रतिक्रिया