समयमै बजेट नआउँदा ‘असारे विकास’

भक्तपुर, ३१ असार । केन्द्रबाट समयमै बजेट निकाशा नहुँदा जिल्लामा ‘असारे विकास’ निमार्णका कार्य गर्नुपर्ने बाध्यता भएको जिविस भक्तपुरले जनाएको छ ।
रफत सञ्चार क्लवले आज (सोमबार ) भक्तपुरमा आयोजना गरेको अन्तक्र्रियामा स्थानीय विकाश अधिकारी राजेन्द्रकुमार केसीले एकमुष्ट बजेट विनियोजनको व्यवस्था गर्न माग गरे । उनले सोहीकारण विकास निमार्णमा समस्या आएको बताए ।
आर्थिक वर्ष २०६९/०७० मा जिल्लामा सञ्चालीत योजनाहरु मध्ये जनसहभागितामा आधारित योजनाहरुमा उपलब्धि देखिएको छ ।
१ करोड ५० लाख विनियोजित रकममा २० लाख रुपियाँ भने काम हुन नसकेर फ्रिज भएको केसीले जानकारी दिए ।
जन–सहभागितामा आधारित योजनामा भक्तपुर जिल्लाको १६ गाविस समेटिने गरी निर्माणाधिन चक्रपथमा मात्र ३५ लाख रुपियाँ छुट्एको थियो ।
स्थानीय समुदायको अनिर्णय, राजनीतिक दलको विवाद र ठेकेदारको लापरबाहीले गर्दा कतिपय काममा समस्या सृजना भएको अधिकारी उल्लेख गरे ।
वृद्धवृद्धा, अपाङ्ग, अशक्तलगायतलाई वितरण हुनु पर्नेमा १ लाख ५० हजार भने फ्रिज भएको छ ।
६० लाखसम्मको विकास निमार्णको काम स्थानीय उपभोक्ता समितिलाई दिनु पर्ने नियम भएपनि स्थानीयको पहल नहुँदा कतिपय योजनाहरु अलपत्र हुने गरेका छन् ।

प्रतिक्रिया