नेहालाई विवाहको दवाव

Neha Dhupiyaमुम्बई । पूर्वमिस इन्डिया तथा बलिउड अभिनेत्री नेहा धुपियाले प्रेम गर्न युवक नभेटाएको बताएकी छन् ।
उनलाई परिवारले विवाह गर्न दवाव दिई रहेका बेला नेहाले प्रेम गर्ने युवक नै नपाएको गुनासो गरेकी हुन् । ‘सधैं विवाहका लागि प्रेसर हुन्छ,’ नेहाले भनिन्, ‘मलाई मन पर्ने केटो अहिलेसम्म पाउन सकेकी छैन ।’
उनले विवाहका लागि आफूलाई मनपर्ने केटाको खोजीमा रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाह गर्ने उमेर ढल्कन थाले पछि नेहाका परिवारजन चिन्तित छन् ।
बलिउडमा उनले एकदशक विताई सकेकी छन् । २००३ मा प्रर्दशनमा आएको चलचित्र ‘कयामत’बाट उनले बलिउडमा अभिनय शुरु गरेकी हुन् ।
नेहाका जुली, चुपके चुपके, सिङ् इज किङ्ग लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् । नेहाको अब कमेडी चलचित्र ‘सन्ताबन्ता’ प्रर्दशन हुने तयारीमा छ ।

प्रतिक्रिया