यस बर्ष जिविस सिराहा उत्तीर्ण

Siraha
सिरहा, ३१ असार । जिल्ला विकास समितिको कार्यालय सिराहामा यस आर्थिक बर्षमा न्यूनतमकार्य तथा सम्पादनमापन मूल्यांकनमा उत्तीर्ण भएको छ ।
मापनको कुल एकसय अंकमध्ये ४७ अंकप्राप्त गरी जिविस सिरहा उत्तीर्ण भएको हो । विगतचार वर्षदेखि न्यूतमकार्य तथा सम्पादनमापन मूल्यांकनमा अनुत्तीर्ण हुँदै आएको थियो ।
स्थानीय निकायले गर्ने न्यूनतमशर्त तथा कार्य सम्पादनमापन मूल्यांकनमा पनि सिरहाका गाविसहरु २० प्रतिशत उत्तीर्णमा बृद्धि भएका छन् ।
एकसय छ गाविस मध्ये ८७ गाविस न्यूनतम् शर्त तथा कार्य सम्पादनमापन कार्यमा उत्तीर्ण भएका हुन् । गत २०६७/०६८ मा १ सय ६ गाविस मध्ये ७५ गाविस मात्र उत्तीर्ण भई यस वर्ष बृद्धि भएको स्थानी यविकास अधिकारी विजयराज सुवेदीले जनाएका छन् ।
स्थानीय विकास अधिकारी सुवेदीका अनुसार असार–२५ गतेसम्म ५५ करोड ६० लाख मध्ये दुई करोड ६० लाख रुपियाँ फ्रिज भएको बताए ।

प्रतिक्रिया