रोल्पाका कैदीलाई सकारात्मक सोंच तालिम

रोल्पा, ३० असार । रोल्पा कारागारका कैदी बन्दीहरुका लागि सकारात्मक सोंच, तनाव व्यवस्थापन तथा आचरण शुद्धताका लागि सातदिने आधारभूत प्रशिक्षण दिईएको छ ।
विभिन्न मुद्दामा काराबास जीवन बिताइरहेका कैदी तथा बन्दीहरुको तनाब व्यवस्थापन र नकारात्मक सोंचलाई बिस्थापित गरी सकारात्मक सोंचको विकास गराउने उद्देश्यका साथ ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र रोल्पाले तालिमको आयोजना दिएको हो ।
प्रशिक्षण शनिवारदेखि सात दिनसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि ९ बजेसम्म कारागारभित्रै एकघण्टा दिईने केन्द्र रोल्पाका ब्रह्माकुमारी अप्सराले जानकारी दिइन् ।
अधिकांश कैदी बन्दीहरुले नकारात्मक सोंच राख्ने र तनाव लिने भएकाले उनीहरुलाई तनाव व्यवस्थापनका लागि यस्तो प्रशिक्षण सञ्चालन गरिएको अप्सराले बताइन् ।
जिल्ला कारागार रोल्पामा हाल ८६ जना कैदी बन्दी एवं थुनुवा छन् । जसमध्ये ७९ जना पुरुष, ६ जना महिला र एकजना नाबालक रहेको कारागार रोल्पाका सहायक निरीक्षक चन्द्रबहादुर गुरुङ जानकारी दिए ।

प्रतिक्रिया