पहिरोमा पुरिएका दुई मजदुरको उद्धार

Parbatपर्वत, २९ असार । पर्वत जिल्लामा काम गर्दैगर्दा पुरिएका दुईजनालाई प्रहरीले शकुसल उद्धार गरेको छ ।
लुंखु–९ स्थित ग्रामिण कच्ची सडक खण्डमा सडकको कुनामा तार–जाली भर्ने क्रममा पहिरोले आज (शनिबार) दुई जनालाई पुरेको प्रहरीले जनाएको छ ।
माथिबाट झरेको पहिरोले तनहुँ जिल्ला गछेपानी–३ निवासी ५५ बर्षीय वीरबहादुर पुनसहित २ जनालाई पुरेको थियो । पुरिएको खबर थाहा पाउन साथ पुगेका प्रहरी र स्थानीयको सहयोगमा उनीहरुको उद्धार गरिएको थियो ।

प्रतिक्रिया