घरभाडा वृद्धिको विरोधमा नारायणगढ बजार बन्द

Chitwan District 1चितवन, २८ असार । नारायणगढ बजार क्षेत्रमा घर धनीले घरभाडा वृद्धि गरेको भन्दै नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले नारायणगढमा बजार बन्द गराएको छ ।
नारायणगढ क्षेत्रका अधिकांश पसलहरु आज (शुक्रबार) दिन भरि बन्द छन् । घरधनीले २५ देखि १ सय ७५ प्रतिशत वृद्धि गरेको विरोधमा बजार बन्द गरिएको मञ्चका प्रवक्ता विष्णुप्रसाद कंडेलले जानकारी दिए ।
वृद्धि गरिएको भाडादर फिर्ता नलिएसम्म बन्द जारी राख्ने कंडेलको जानकारी दिए । सरकारले निश्चित भाडादर निर्धारण गर्नुपर्ने, बढेको भाडादर घटाउनु पर्ने र चितवन मावि भरतपुर अगाडि गरिएको टेण्डर आह्वान खारेज हुनुपर्ने लगायतका माग मञ्चले गरेको छ ।
नेपाल सरकारले घर बहाल सम्बन्धि नीति नबनाउँदा घरधनीले आफूहरुसँंग मनपरी भाडा लिने गरेको घरभाडामा बस्नेहरुको गुनासो छ । चितवनमा करीब ११ हजार घरबहाल उपभोक्ता भएको मञ्चको आकडा छ । सौर्य

प्रतिक्रिया