‘दबाब’ र ‘नथिङ् इम्पोसिबल’ भिड्दै

Neeta-Dhunganaकाठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबार दुई नयाँ चलचित्र प्रर्दशनमा आएका छन् । ‘दबाब’ र ‘नथिङ् इम्पोसिबल’ रिलिज भएका हुन् ।
दुबै चलचित्र देशभर एकसाथ प्रतिस्प्रर्धा गर्न लागेका छन् । ‘दबाब’ दयाराम दाहाल र ‘नथिङ् इम्पोसिबल’लाई राजेन्द्र खड्गीले निर्देशन गरेका हुन् ।
‘दबाब’मा आर्यन सिग्देल र नीता ढुङ्गाको अभिनय छ । ‘दबाब’ जय माँ अम्बे फिल्मस्को ब्यानरमा अनिता महर्जनले निर्माण गरेका हुन् ।
‘नथिङ इम्पोसिबल’ राजेन्द्रको निर्माण निर्देशनमा तयार भएको चलचित्र हो । यस चलचित्रमा खतरनाक द्वन्द्वका दृश्य राखिएका छन् ।

प्रतिक्रिया