कांग्रेस नेता पहाडीको मिर्गौलामा समस्या

Congress-flagकाठमाडौं, २७ असार । मिगौला नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल पहाडीको मिर्गौलामा समस्या भएपछि झण्डै दुईसातादेखि उपचार गराई रहेका छन् ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मिर्गौलाको उपचार गराई रहेको नेता पहाडीले जानकारी दिए । ‘झण्डै दुईसातादेखि अस्पताल भर्ना भएको छु,’ उनले भने, ‘थप उपचारका लागि भारत जाने तयारी गरेको छु ।’
यसैबीच, केन्द्रीय सदस्य पहाडीलाई थप उपचारका लागि परिवारजनले भारत लैजाने तयारी गरेका छन् । उनलाई नयाँ दिल्लीमा उपचार गरिने छ ।
लामो समय कांग्रेसको केन्द्रीय राजनीति गरेका नेता पहाडीले अस्पतालमा उपचार गराईरहँदा पनि पार्टीले ध्यान नदिएको पारिवारजनले गुनासो गरे ।

प्रतिक्रिया