‘एटीएम’को पुन: प्रदर्शनको तयारी

atmकाठमाडौं । अश्लीलताको आरोप खेपेको नेपाली चलचित्र ‘एटीएम’ले आफ्नो प्रदर्शन साउन दोस्रोसाता गर्ने जनाएको छ ।
सेन्सर पछि प्रदर्शन रोकिएको ‘एटीएम’ चलचित्र हलमा लगाउन लागिएको निर्माता दिनेश थापाले जानकारी दिए । ‘एटीएम’ पुनरावेदन अदालत पाटनको आदेशले चल्न पाउने भएको हो । अदालतले चलचित्रलाई सेन्सर बोर्डको नियम पालना गर्दै प्रदर्शन गर्न अन्तरिम आदेश दिएको छ ।
अदालतको आदेशसँगै निर्माता एवं अभिनेता दिनेश थापाले ‘एटीएम’ साउन–११ मा रिलिज गर्ने बताए ।
‘एटिएम’को निर्देशन यादव सिलवालले गरेका हुन् । चलचित्रले अदालतबाट न्याय पाएको सिलवालले बताए । चलचित्रलाई अश्लील भएको भन्दै प्रदर्शन भएको पहिलो दिनमै सिनेमा हलबाट हटाइएको थियो । त्यसपछि ‘एटीएम’ प्रदर्शन हुन सकेको थिएन ।
‘एटीएम’मा जिया केसी र सविना कार्कीको अश्लील गाली र छाडा शब्दका एवं दृश्यले सेन्सर बोर्डले चलचित्र प्रदर्शनमा रोक लगाएको थियो । चलचित्रमा नायिका सोनिया शर्मा र खुश्बु खड्काले पनि मन खोलेर नग्नता प्रस्तुत गरेका छन् । ‘एटीएम’मा बन्देज लागे पछि नायिका सविनाले आफ्नो छवि सुधार्न थालेकी छन् । यद्यपि, जियाले ‘एटीएम’लाई विर्साउने दृश्य अर्को नेपाली चलचित्र ‘रङ वे’मा दिएकी छन् ।

प्रतिक्रिया