नेपाली चलचित्रको नामै ‘हँसिया’

Hema-Shresthaकाठमाडौं । धमाधम नेपाली चलचित्र निर्माण भईरहेका बेला ‘हँसिया’ नामक चलचित्र निर्माण हुन लागेको छ ।
घरेलु औजार ‘खुर्पा’ नामक चलचित्र निर्माण भएको केही समय नबित्दै औजारकै नाम ‘हँसिया’को नामबाट फिल्म निर्माण हुन लागेको हो । चलचित्रको मंगलबार काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा शुभमुहर्त गरिएको छ ।
‘हँसिया’लाई मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । म्युजिक भिडियोको निर्देशन गर्दै आएका मिलनको यो पहिलो चलचित्र हो । दुर्गा घले र गंगाराज राईले संयुक्त रुपमा चलचित्र निर्माण गर्न लागेका हुन् ।
एक्सनप्रधान बताइएको चलचित्रमा राजेश हमाल, हेमा श्रेष्ठ, अनुप बिक्रम शाही, बिशाल ढुंगाना, आलो कार्की, बिजय कुमार, किरण राईलगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको कथा अनुप सापकोटाले लेखेका हुन् । राजकुमार उप्रेतीको द्वन्द्व, राम केसीको छायाँकन, कल्याण सिंहको संगीत ‘हँसिया’ संगीत छ । चलचित्रको ४५ दिनको सुटिङ तालिका तयार भएको छ ।

प्रतिक्रिया