बिधान सम्मेलन आयोजक कमिटी गठन

Madhav-Dhungelकाठमाडौं, २५ असार । एमाले निकट अनेरास्ववियुले सुधिर साहको संयोजकत्वमा बिधान सम्मेलन मूल व्यवस्थापन कमिटी गठन गरेको छ ।
राजधानीमा आज (मंगलबार) बसेको नि–वर्तमान पदाधिकारीहरुको बैठकले बिधान सम्मेलन सम्पन्न गर्न सह–संयोजक साहको संयोजकत्वमा कमिटी गठन गर्ने निर्णय गरेको अनेरास्ववियुका संयोजक माधव ढुङगेलले जानकारी दिए ।
कमिटीमा सचिवालय सदस्य बिवेक श्रेष्ठ सचिव रहनेका छन् । सदस्यमा राप्ती क्षेत्रका कमिटी, राप्ती अञ्चल कमिटी, दाङ जिल्ला कमिटी, दाङका क्याम्पस कमिटीका अध्यक्ष रहने व्यवस्था गरिएको छ ।
संयोजक ढुङगेलको संयोजकत्वमा नि–वर्तमान उपाध्यक्षहरु नवराज पौडेल, लक्ष्मण लम्साल, भीम राई र नबीना लामा रहेको राजनीतिक प्रतिबेदन तयारी समिति पनि गठन भएको छ ।
निवर्तमान महासचिव किशोर बिक्रम मल्लको संयोजकत्वमा रचना खड्का, बचन सिंह र सरोज यादवको बिधान मस्यौदा तयारी समिति गठन भएको छ ।
निवर्तमान कोषाध्यक्ष दीपक गौतमको संयोजकत्वमा संयोजक र नि–वर्तमान महासचिव रहेको अर्थ प्रतिबेदन तयारी समिति पनि गठन भएको ढुङगेलले बताए । अनेरास्ववियुका विधान सम्मेलन दाङमा हुँदै छ ।

प्रतिक्रिया