सोलुखुम्बूमा पदमार्ग र सडक दुबै बन्छ

काठमाडौं, २४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले सोलुखुम्बू जिल्लामा पदमार्ग र सडक बाटो दुबैलाई पर्यटन मैत्री बनाएर निर्माण गरिने बताएका छन् ।
सगरमाथा एकीकृत विकास केन्द्रले आज (सोमबार) राजधानीमा आयोजना गरेको ‘पर्यटकीय क्षेत्रको विकासमा सगरमाथाको महत्व’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले यस वर्ष सोलुखुम्बू जिल्लाको लागि सरकारले सात करोड रुपियाँ निकासा गर्न लागेको बताए ।
उनले सगरमाथाबाट उठेको रोयल्टी चारवर्ष रोकिएपनि यस वर्ष रकम निकासा हुन लागेको बताए ।
बजेट बाँडीचुडी खाने प्रथाको अन्त्य गरी जिल्लाको विकासमा लगाउनु पर्ने उनको आग्रह थियो । सौर्य

प्रतिक्रिया