राजविराजमा प्रहरी जवानलाई कुटपिट

राजविराज, २४ असार । सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी जवान सानुराम भण्डारीलाई अज्ञात समूहले कुटपिट गरेको छ । कुटपिटबाट भण्डारी गम्भीर घाईते भएका छन् ।
अनुहार तथा शरीरका विभिन्न स्थानमा चोट लागेका भण्डारीलाई तेरहौताका स्थानीयले उद्दार गरी उपचारार्थ अस्पताल भर्ना गराएका हुन् । भण्डारी तेरहौता उच्च माविमा आज (सोमवार) विहान अचेत अवस्थामा फेला परेका थिए ।
ओखलढुङ्गाको रुम्जाटार–६ का भण्डारीलाई कस्ले कुटपिट गरेको हो खुलेको छैन । उनी राजविराजबाट कसरी तेरहौतासम्म पुगेका हुन भन्ने पनि खुलेको छैन ।
ईलाका प्रहरी कार्यालय रुपनीका सई वदन प्रधानले भण्डारी आईतवार साँझ कार्यालयबाट निस्किएको पुष्टि गरे पनि घटनाका बारेमा पुरा जानकारी नआएको बताए ।
यसैबीच, अत्याधिक मदिरा सेवनका कारण सप्तरीको राजविराजका एकयूवकको आज (सोमबार) मृत्यू भएको छ । भारतको मधुवनीस्थित खजौली घर भएका ३५ वर्षीय मनोज राम मेहतरको मृत्यू भएको हो ।
बाबा मीष्ठान भण्डारमा काम गर्दै आएका मेहतरले अत्यधिक मदिरा सेवन गरेका कारण मृत्यू भएको प्रहरीले जनाएको छ । त्यसै गरी, पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको भंगाहामा सोमवार वस दुर्घटना भएको छ ।
दुर्घटनामा ११ यात्रु घाईते भएका छन् । घाईते मध्ये दुईको अवस्था गम्भीर छ । राजविराजबाट पश्चिम जादै गरेको ना ३ ख १८२३ नम्वरको यात्रुवस भंगाहा–३, देवधार पुल नजिक अनियन्त्रित भएर पल्टिएको हो ।

प्रतिक्रिया