निर्वाचन लगत्तै विशेष महाधिवेशन : सापकोटा

agni sapkotaकाठमाडौं, २२ असार । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले संविधानसभा निर्वाचन सकिँए लगत्तै विशेष महाधिवेश गर्ने जनाएका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (शनिबार) आयोजित नियमित पत्रकार सम्मेलनमा सापकोटाले पार्टीभित्रको पदीय भागबण्डाको विवाद मिलाउन विशेष महाधिवेशन गर्न लागेको बताए । ‘पदीय विवाद मिलाउन संविधानसभा निर्वाचन सकिए लगत्तै विशेष महाधिवेशन गर्छौं,’ उनले भने ।
पदाधिकारी नियुक्तिलाई लिएर असन्तुष्ट बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दिए पछि एमाओवादीमा आन्तरिक समस्या देखिएको छ ।
विशेष महाधिवेशनले वरिष्ठ नेताहरुको अवकाश र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको टुंगो पनि लगाउने उनले बताए ।
पदीय जिम्मेवारीमा विवाद भए पछि एकीकृत माओवादीले साउन–४ गते विस्तारित बैठक पनि बोलाइ सकेको छ ।

प्रतिक्रिया