घरबाट खसेर मजदुरको मृत्यू

Dailekha Districtदैलेख, २२ असार । दैलेख जिल्लामा निर्माणाधिन घरबाट खसेर एकजना मजदुरको मृत्यू भएको छ ।
नारायण नगरपालिका–८, तर्ताङ्गमा घरबाट खसेर चामुण्डा घर भएका २८ बर्षीय खगेन्द्र विकको मृत्यू भएको प्रहरीले जनाएको छ । खगेन्द्र आज (शनिबार) दिउँसो ३ बजे घरको छतबाट खसेका हुन् ।
खगेन्द्रले दैनिक ज्यालादारीमा मिस्त्रीको काम गर्दै आईरहेका थिए ।

प्रतिक्रिया