पत्र–पत्रिका बर्गीकरणप्रति संघको ध्यानाकर्षण

Govinda-Acharyaकाठमाडौं, २२ असार । एकीकृत माओवादी निकट क्रान्तिकारी पत्रकार संघले प्रेस काउन्सिलद्वारा हालै गरिएको पत्र–पत्रिका बर्गीकरणप्रति असन्तुष्टि जनाएको छ ।
संघका संयोजक गोविन्द आर्चायले आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर पत्र–पत्रिका बर्गीकरणमा आएका गुनासाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘हालै प्रेस काउन्सिल नेपाल अन्तर्गत पत्रपत्रिका संपरीक्षण समितिले पत्र–पत्रिका बर्गीकरण गर्दा श्रमजीवी पत्रकार आफैले चलाएका साना पत्र–पत्रिकाप्रति भेदभाव भएको छ भन्ने गुनासो आएको छ,’ आचार्यले भनेका छन्, ‘यसतर्फ संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
संयोजक आर्चायले पत्र–पत्रिका बर्गीकरणमा आएका गुनासा बारे काउन्सिलले छिट्टै उचित सम्वोधन गर्न सुझाव दिएका छन् । ‘बर्गीकरणमा कुनै पनि प्रकारको भेदभाव, पक्षपात र अन्याय नगरियोस्,’ उनले भनेका छन्, ‘कही र कतै त्रुटि भएको छ भने सच्चाइयोस् ।’
यस अघि, मधेसी पत्रकार संघले पनि पत्र–पत्रिका बर्गीकरणमा असन्तुष्टि जनाई सकेको छ ।

यसैबीच, मधेसी पत्रकार समाज नेपालले पनि प्रेस काउन्सिलले गरेको पत्र–पत्रिका बर्गीकरणको विरोध गरेको छ ।
समाजका सचिव सञ्जीवविक्रम साहले आजै (शनिवार) विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् । उनले बर्गीकरण प्रक्रियामा भेद्भाव भएको जनाएका छन् ।

प्रतिक्रिया