कालोपत्रे गरेको सात दिनमै सडक भत्कियो

Jiri-Lamasaguदोलखा, २२ असार । मध्यपूर्वी चार पहाडी जिल्ला जोड्ने ३५ वर्ष पुरानो लामोसाँघु जिरी सडकखण्ड जीर्ण बन्दै गएको छ । अत्यधिक भारका गाडी र सवारी चापका कारण अरनिको राजमार्ग जीर्ण बन्दै गएको हो ।
सरकारबाट विनोजित रकमले वर्षेनी सडक टालटुल र मर्मतमा करोडौं खर्च गरिदै आएपनि सिन्धुपाल्चोकको खाडीचौर देखि दोलखा सदरमुकाम चरिकोट हुँदै जिरीसम्मको १ सय १० किलोमिटरको बाटो गाडी गुडाउनै मुस्किल पर्ने अवस्थामा पुगेको छ । सडकभर खाल्डाखुल्डी छन् । सडकको दायाँबायाँ झिकिएको माटो र सडक छेउबाट प्राविधिक अध्ययन बिना नै ग्रामिण सडक खनिएकाले थुप्रै स्थानमा चर्केर सडक भासिन थालेका छन् । स्वीट्जरल्याण्डको जुरिच जस्तै भौगोलिक बनावट भएको शहर जिरीमा बहुउद्धेश्यीय विकास कार्यक्रम सञ्चालन गर्ने भनेर सन् १९७० मा लामोसाघु जिरी सडक निर्माण गरिएको थियो । अप्परतामाकोशी जलविद्युत आयोजनाको निमार्ण सामान सडकको क्षमता भन्दा बढी सामान ल्याउदा पुल तथा सडक झन् जीर्ण बन्दै गएको हो ।
राजधानीबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोकको पूर्वी भाग र ओखलढुंगाको पश्चिमी भाग सहितका स्थान जोडिने भएकाले गत वर्ष सरकारले यो सडक दुई लेनको बनाउने घोषणा गरेपनि सडकको अवस्था भने झनै बिग्रदै गएको छ ।

प्रतिक्रिया