धम्काउने गिरोह धनुषामा पक्राउ

Dhanusha Districtधनुषा, २१ असार । धनुषा जिल्लामा मदर टेरेसा पब्लिक हाई स्कुलका प्रिन्सिपललाई धम्काउने तीनजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुर नगरपालिका–१ मा स्कुलका प्रिन्सिपल गोबिन्द चन्द्रलाई गिफ्टको आकार बनाई सकेट बम र धम्कीपूर्ण पत्र पठाउने उनीहरुलाई पक्राउ गरी आज (शुक्रबार) प्रहरीले सार्वजनिक गराएको हो । उनीहरुले चन्द्रलाई फोन तथा एस.एम.एस.बाट समेत धम्कयाउने गरेका थिए ।
पक्राउ पर्नेमा सवैला–९ का ३२ बर्षीय जिवछ यादव, चोराकोयलपुर–२ बस्ने १९ बर्षीय विजयकुमार यादव र चक्कर–२ का २७ बर्षीय ईसराईल मन्सुर रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सकेट बम १ थान, सिमसहितका मोबाईल ४ थान, बा.५१ प.५४२९ नम्बरको मोटरसाइकल र सिद्धार्थ बैंकका भिसा कार्डहरुलगायतका बरामद गरेको छ ।

प्रतिक्रिया