निर्वाचन विथोल्ने काम हुनु हुँदैन : देउवा

sher deubaकाठमाडौं, १८ असार । कांग्रेस नेता शेरबहादुर देउवाले तोकिएकै समयमा संविधानसभाको निर्वाचन हुनु पर्ने दोहर्‍याएका छन् ।
राजधानीमा आज (मंगलबार) आयोजित कार्यक्रममा नेता देउवाले निर्वाचन पछि मात्रै प्रजातन्त्रले प्राण पाउने बताए । उनले भने, ‘संविधानसभाको निर्वाचन गरी संविधान सभाबाटै नयाँ संविधान बनाउनु पर्छ ।’
दलहरु निर्वाचनको वातावरण बनाउन लाग्नु पर्ने बताएका उनले चुनाव विथोल्ने काम कसैबाट हुन नहुने बताए । नेता देउवाले मुलुकलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको उल्लेख गरे ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएकै समयमा निर्वाचन हुनु पर्ने बताए । ‘आन्दोलनमा रहेका दलहरु सहभागी नभएपनि संविधानसभाको निर्वाचन तोकिएकै समयमा हुन्छ,’ उनले भने ।

प्रतिक्रिया