छोरी भूमिकाको मृत्यू/छोरा सुजन बेपत्ता

Sunsariकाठमाडौं, १७ असार । सुनसरी जिल्लामा एकमहिलाले आफ्ना दुई नाबालक बच्चासहित नहरमा हामफालेकी छन् ।
नहरमा हामफाल्दा एकवर्षीया छोरी भूमिका भट्टराईको मृत्यू भएको छ भने तीन वर्षीय छोरा सुजन भट्टराई बेपत्ता भएका छन् । सुजनको खोजतलास जारी छ ।
बराहक्षेत्र–६ की ३५ बर्षीया दमन्ती भट्टराईले आज (सोमबार) विहान छोरा र छोरीलाई साथमा लिएर नहरको पुलबाट हामफालेकी हुन् ।
भरौल–३, बिचपानीस्थित नहरको पुलबाट ३ बर्षीय छोरा सुजन भट्टराई र १ बर्षीया छोरी भूमिका भट्टराईलाई साथमा लिएर दमन्ती हामफालेको प्रहरीले जनाएको छ ।
घटना थाहा पाएलगत्तै पुगेको प्रहरीले दमन्तीलाई उपचारका लागि स्थानीय क्लिनिकमा पठाएको छ ।

प्रतिक्रिया