‘बाबुरामजीले अर्को पार्टी पनि खोल्नु हुन्न’

Agni-Sapkotaकाठमाडौं, १७ असार । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले विस्तारित बैठकपछि बाबुराम भट्टराई उपाध्यक्ष पदमा फर्कने बताएका छन् ।
काठमाडौंमा आज (सोमबार) आयोजित कार्यक्रममा सापकोटाले विस्तारित बैठक पछि भट्टराई उपाध्यक्ष पदमा फिर्ता भएर सक्रिय हुने बताए । ‘बाबुरामजीले अर्को पार्टी पनि खोल्नु हुन्न, पार्टी पनि छाड्नु हुन्न्,’ उनले भने ।
कम्युनिष्ट पार्टी भित्र सधै एकजनाले नेतृत्व गरिरहने अवस्था नहुने बताउँर्द प्रवक्ता सापकोटाले त्यसलाई स्थापित गराउन भट्टराईले पदत्यागको घोषणा गरेको बताए ।
एमाओवादीमा बाहिर चित्रण गरिए जस्तो विवाद नरहेको उनले बताए । ‘अहिलेको विवादले महाधिवेशनले तयार पारेको राजनीतिक कार्यदिशा अनुसारको सांगठनिक संरचना निर्माण गर्छ,’ सापकोटाले भने ।
उनले नेकपा–माओवादीको प्रस्ताव ‘गोलमेच सम्मेलन’ पुरानो भएको टिप्पणी गरे । नेकपा–माओवादीले चुनाव बहिष्कारको निर्णय गरे राजनीतिक घेराबाट बाहिरिने चेतावनी उनले दिए ।

प्रतिक्रिया