चितवनमा १५ प्रतिशत खेतमा मात्र रोपाई

download (1)चितवन, १७ असार । खेतीका लागि नेपालको उर्वर भूमिका रुपमा रहेको चितवन जिल्लामा अहिलेसम्म १५ प्रतिशत खेतमा मात्र रोपाई भएको छ ।
कुल खेतीयोग्य जमिनको १५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाई भैईसकेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । ४६ हजार ८ सय ९४ हेक्टर जमिन रहेकोमा ४४ हजार २ सय ९१ हेक्टरमा खेती हुने गरेको वाली विकास अधिकृत दीपक भटराईले जानकारी दिए । उनका अनुसार जस मध्ये २९ हजार ६ सय २५ हेक्टरमा बर्ष धान र ४३ सय हेक्टरमा चैते धान लगाईने गरेको छ ।

जिल्लामा सिंचाइ सुविधा पुगेका पूर्वी रत्ननगर नगरनगरपालिका बछौली, कुमरोज, कठार, खैरहनी, भण्डारा र पिल्लेगाविसहरुमा असार-१५ को आसपासमा रोपाई हुने गर्छ । जुटपानी, पदमपुर, पिठुवा, चैनपुर र वीरेन्द्रनगर गाविसहरुका धेरैजसो भागमा आकाशे पानीको भरमा साउन लागे पछि मात्र रोपाई हुने गरेको छ । पश्चिम चितवनको सिचाई पुगेका दीव्यनगर, गुन्जनगरसहित अधिकाशं ठाउमा रोपाई भईरहेको छ ।

त्यसमध्ये कतिपय गाविसमा वोरिङको सहायताले समेत रोपाई हुने गरेको छ । जिल्लामा कुल खेती योग्य जमिनको लागी १० हजार मेट्रिकटन रासायनिक मल आवश्यक पर्ने कृषि कार्यालयको भनाई छ ।

प्रतिक्रिया