बाबुरामको राजीनामाको अर्थ छैन : पोखरेल

Shankar-Pokharelदाङ, १७ असार । एमालेका सचिव शंकर पोखरेल एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दिनुको कुनै अर्थ नरहने टिप्पणी गरेका छन् ।
गृह जिल्ला दाङको तुल्सीपुरमा आज (सोमबार) आयोजित कार्यक्रममा पोखरेलले पार्टीका एजेण्डामा बहस र छलफल गर्न नसकी भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दिएको दाबी गरे ।
‘बहस र छलफल गर्न नसकी पदबाट राजीनामा दिनुको अर्थ छैन,’ उनले भने, ‘व्यक्ति ठूलो होइन, पार्टीमा प्रस्तुत एजेण्डा ठूला हुन् ।’
सचिव पोखरेलले नेकपा–माओवादीलाई संविधानसभाको निर्वाचनका पक्षमा निर्णय लिन सुझाव दिएका छन् । उनले भने, ‘दलहरुसँगको सम्वादलाई खुल्ला राख्दै दोस्रो संविधानसभाको पक्षमा नेकपा–माओवादीले निर्णय गर्नु पर्छ ।’
पोखरेलले संविधानसभाको निर्वाचन हुन नसके लोकतन्त्र माथि प्रहार हुने टिप्पणी गरे । उनले भने, ‘निवार्चन हुन नसके मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र ४ दलीय संयन्त्र र शीर्ष नेताहरु माथि प्रश्न चिन्ह उठ्ने छ ।’

प्रतिक्रिया