खोजखबर

माओवादीद्वारा निर्वाचन प्रक्रिया रोक्न दवाव

सौर्य अनलाइन २०७० असार १७ गते ३:४५ मा प्रकाशित

maobadi flagकाठमाडौं, १७ असार । संविधानसभा निर्वाचन स्थगित गरे प्रमुख चार राजनीतिक शक्ति र सरकारसँग वार्ता गर्न नेकपा–माओवादीमा दवाव परेको छ ।
पोखरामा जारी केन्द्रीय समिति बैठक धारणा राख्ने अधिकांश सदस्यले निर्वाचन प्रक्रिया रोक्न दवाव दिनुपर्ने सुझाव दिएका हुन् । केन्द्रीय सदस्य ईन्द्रजित चौधरीले आफूहरु निर्वाचनको विपक्षमा नरहेको बताए । उनले चार राजनीतिक शक्ति र सरकारको एकलकाटे प्रवृत्तिको विरोधी भएको बताए ।
‘निर्वाचन प्रक्रिया रोक्न दवाव दिनुपर्छ,’ बैठकका बारेमा जानकारी दिँदै चौधरीले भने, ‘निर्वाचनको नयाँ प्रक्रियामा जाने हो भने वार्ताको वातावरण बन्छ ।’
शीर्ष नेताहरुले वार्ता र सम्वाद मार्फत आफूहरु जान तयार भएपनि मागको सुनुवाई नभए पछि बाध्य भएर आन्दोलनमा जानुपरेको जानकारी बैठकमा गराए पछि सदस्यहरुले सो सुझाव दिएका हुन् ।
यसबैची, नेकपा–माओवादीको पोखरामा जारी बैठकमा अध्यक्ष मोहन बैद्यद्वारा पेश भएको राजनीतिक प्रतिवेदनमा टिप्पणी गर्ने कार्यक्रम यथावत रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् ।
अध्यक्ष बैद्यले एकलौटी रुपमा घोषणा गरिएको संविधानसभा निर्वाचन बहिष्कार गर्ने प्रस्ताव आफ्नो प्रतिवेदनमा राखेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय