‘मिसकल’का गीत रेकर्डिङमा

Milan-Amatyaकाठमाडौं । चलचित्र राकी इन्टरटेमेण्टको ब्यानरमा निर्माता राजु केसी र निर्देशक किशोर चौधरीले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र ‘मिसकल’को शनिबारबाट गीत रेकडिङ् शुरु भएको छ ।
तिम्म्रो हेराइले लठ्ठै बनायो, के जादु गरेउ, मलाइ क्रेजी बनएउ बोलका गीतलाई यसअघि गाला रातै गाएकी गायिका मिलन अमात्य र गायक मनोज महत्तोले गाएका हुन् । निर्देशक किशोर चौधरीको शब्द र संगीतकार माहाराज थापाको संगीतमा गीत रेकडिङ गरिएको हो ।
राजधानीको पुतली सडकमा रहेको म्युजिसेन स्टुडियोमा नरिवल फुटाएर बिधिवत रुपमा पुजा गरी चलचित्रको गीत रेकडिङ गरिएको हो ।
‘मिसकल’ युनिट असरको अन्तिमबाट छायांकनमा जाने तयारीमा छ । नेपालको रमणीय ठाउँहरु ईलाम, जोमसोम, चितवनलगायत राजधानीका केही स्थानहरुमा छायांकन हुने छ । चलचित्रमा किशोर चौधरी र माहाराज थापाको संगीत छ । निर्माता राजु केसीको कथा रहेको यस चलचित्रका कलाकार छनोट हुन बाँकी रहेको निर्माण पक्षले जानकारी गराएको छ ।

प्रतिक्रिया