‘राहदानी’मा रीमाको छमछम…

Rima-Bishowkarmaकाठमाडौं । चलचित्र ‘राहदानी’को एक गीतमा छायाँकनको दुई दिन अघि दीया मास्केले आईटम डान्स नगर्ने भएपछि निर्माण पक्षले रातारात नायिका रीमा विश्वकर्मालाई आईटम डान्समा लिएको छ । सो आईटमको छायाँकन शुक्रबार भएको छ ।
शुरुकै दिनमा आईटम डान्स गर्ने सम्झौता गरेकी दीयाले छायाँकन शुरु हुन दुई दिन अघि आफू नाटकमा व्यस्त भएको भन्दै समय दिईनन् । सोही कारण उनको ठाउँमा नायिका रीमा विश्वकर्मालाई राखिएको ‘राहदानी’का प्रस्तुकर्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।
रीमा तन्नेरी पुस्ताकी चर्चित नायिका हुन । गीत निकै राम्रो र सन्देश मुलक भएकाले आफूले पहिलो पटक आईटम डान्स गरेको रीमाले छायाँकनका क्रममा बताईन् ।
यो चलचित्रको ‘गुन्युचोली लाउँदिनमा मिनी स्कर्ट लाएँ, रोधी घर जाादिनमा डिस्को क्लब धाएँ…’ भन्ने गीतले तन्नेरी पुस्ताले पश्चिमा संस्कृति आगालेको सन्देश बोकेको छ ।
गीत डब्बु क्षत्रीले लेखेका हुन् । चेतन सापकोटाको संगीत गीतमा छ । गायिका दुर्गा खरेलले गीत गाएकी हुन् ।
रामशरण उप्रेतीको छायाँकन रहेको चलचित्रमा दयाहाङ् राई, रुपा खनाल, बिनीता घिमिरे, अशोक रिजाल, सृजना सुब्बा, नवीन लम्साल, मोनिका दाहाल, तेञ्जिङ शेर्पा, विकाश जोशी, आयुष्मा श्रेष्ठ, विधा कार्की, तेञ्जिङ शेर्पा, शैलेन्द्र बस्नेतसहितका कलाकारको अभिनय छ ।

प्रतिक्रिया