कृषी क्षेत्रमा उदाहरणीय काम

दोलखा,१५ असार । सुनखानीका कोही कोरिया त कोही खाडी मुलुक विदेसिय पनि अहिले गाउमै व्याबसाहिक कृषीमा उदारणिय काम गरिरहेका छन् । विदेशको जत्ति दु:ख गरे नेपालमै सुन फलाउन सकिन्छ भन्ने गत्तिलो उदाहरण बनेका छन्,सुनखानी गाविस वडा नम्बर तीनका रामबहादुर वस्नेत । गाँउका एकै उमेरका साथीहरु कि त कामको खोजीमा शहर पसेका छन,कि विदेशीएका छन । वस्नेत अहिले ३३ वर्षका भए । उनको दैनिकी भने कृषि पेशामा वितिरहेको छ गाँउमा उनले विभिन्न फलफुल तथा डालेघाँसको नर्सरी बनाएका छन । खोरमा विभिन्न उन्नत जातका २० ओटा बाख्रा पालिएका छन । घर वरपर मौरीका घार छन । नर्सरीकै आम्दानीले उनले गाँउनजिकैको खोलामा पानीमिलको स्थापना गरेका छन । उनि भन्छन “ मिलबाट आएको आम्दानीले घरखर्च चलाउन पुग्छ । मौरी र बाख्राबाट त्यस्तै ३०, ४० हजार मासिक रुपमा आम्दानी हुन्छ । नर्सरीबाट आएको अन्दाजी पाँच लाख रुपैंया बचत हुन्छ ।”
हेर्दा समान्य रामबहादुरका त्यत्तिकै शान्त पनि छन् । विहानदेखी बेलुकासम्म खेतबारीकाो काममै ब्यस्त हुने उनलेसुरुमा विभिन्न स्थानबाट विरुवा संकलन गरेका थिए । अहिले आफुले उत्पादन गरेका विरुवा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका साथै छिमेकी जिल्लामा पनि बेच्ने गर्छन । “जिल्ला कृषि विकास कार्यालय, भु संरक्षण, पशुसेवा कार्यलयका साथै रामेछाप सिन्धुपाल्चोक लगायतका जिल्ला पनि मैले उत्पादन गरेका विरुवारु पुगेका छन,” उनले भने । १० वर्षअगाडी २३ वर्षको उमेरमा व्यवसायिक कृषि पेशा सुरु गरेका उनले यसका बारे अहिलेसम्म कुनै पनि संघसंस्थाबाट तालिम नलिएको वताए । “यसबारे जानकारी लिनका लागि नेपाल लगायत भारतका पनि केही ठाँउ घुमियो । ” उनले अगाडी भने“अरुको देखेरै सिकेको हुँ ।”
कृषि पेशामा तत्कालै प्रतिफल नआउने भएका कारण युवामा कृषि पेशामा रुचि नबढेको उनको बुझाई छ । कृषि पेशामा प्रतिफल लिनका लागि कम्तिमा ३, ४ वर्ष लाग्ने भएका कारण युवाहरुमा त्यस्तो धैर्यता नभएकाले युवाहरु कृषि क्षेत्रमा आकषिृत नभएको उनको बुझाइ छ । उनी भन्छन“ विहान काम गरेर बेलुका खाने जमाना आयो । यसमा अडिएर काम गर्नुपर्छ । २ सय बोट अनार रोप्ने हो भने ३ वर्षपछि व्यत्तिले वार्षिक लाखौं रुपैंया कमाउन सक्छ ।”
कृषि पेशामा युवाहरुको आकर्षण वढाउन सरकारले विभिन्न कार्यक्रम गर्नुपर्ने राम बहादुर बताँउछन । सरकारले कृषि पेशामा लाग्नेहरुलाई सरकारले उचित सम्मान गर्न नसकेको उनको आरोप छ । व्यवसायिक रुपमा कृषिमा काम गरेकालाई राज्यले सम्मान गरे युवाहरुमा कृषिप्रति आर्कषण वढ्ने थियो । उनले भने अहिले काम नगर्ने गफ मात्र गर्नेलाई राज्यले तालिम दिन्छ काम गरेकाहरुलाई चिन्दैन ।

प्रतिक्रिया