तोकिएको समयमै निर्वाचन हुन्छ: नेपाल

madhavवीरगञ्ज, १४ असार । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मंसिर ४ गतेका लागि तोकिएको संविधान सभा निर्वाचन कुनै पनि हालतमा सम्पन्न हुने दावी गरेका छन् ।
वीरगञ्जमा आज (शुक्रबार) पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता नेपालले प्रमुख दलहरुको सहमतिमै सरकारले निर्वाचनको मिति घोषणा गरेकाले कुनै दलविशेषको असन्तुष्टिकै कारण निर्वाचन स्थगन नहुने स्पष्ट पारे । उनले भने, ‘मंसिर ४ गते नै निर्वाचन हुन्छ, तपाईहरु ढुक्क हुनुस् ।’
नेता नेपालले आन्दोलनमा रहेका राजनीतिक दलहरु समेत अन्तत निर्वाचनमा सहभागि हुने विश्वास व्यक्त गरे । एमाओवादीले अहिले पनि सत्ता कब्जाको रणनीति नत्यागेको उल्लेख गर्दै उनले लोकतान्त्रिक संविधान निर्माणका लागि एमालेले दुई तिहाई मत ल्याउनुपर्ने खाँचो औल्याए । एक अर्को प्रसंगमा राजतन्त्र फर्किने सपना कसैले देखेको छ भने त्या त्यागे हुन्छ भन्दै नेपालले राजतन्त्र ईतिहास भईसकेको टिप्पणि गरे ।

प्रतिक्रिया