रेजिनाविरुद्ध कविताको प्रहरीमा उजुरी

rejina_upretiकाठमाडौं : बरदानका दुई निर्माता कविता श्रेष्ठ र नायिका रेजिनाबीच लामो समयदेखि चल्दै आएको लेनदेनको किचलो अब प्रहरीमा पुगेको छ । निर्माता संघले लामो समयसम्म वार्तामार्फत समाधान खोजे पनि मिलाउन नसकेका कारण यो प्रहरीमा पुगेको हो ।
निर्माता संघका अध्यक्ष राजकुमार राईले जिल्ला प्रहरी कार्यालय जावलाखेलका नाममा पत्र काटेपछि यो मुद्दा प्रहरीमा पुगेको हो । जल्ला प्रहरी कार्यालय जावलाखेलमा नायिका रेजिना उप्रेतीविरुद्ध ठगिको उजुरी दायर गरिएको छ ।
बारम्बार प्रयास गर्दा पनि मिलाउन नसकेको बाध्य भएर प्रहरीमा पठाएको हुँ निर्माता संघका अध्यक्ष राजकुमार राईले भने । उनले रेजिनाविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुर र जावलाखेल प्रहरी प्रभागमा उजुरी परेको जानकारी दिए ।
छानविन गरी कारबाही, घाटाको क्षतिपूर्ति र विदेश जानका लागि पासपोर्ट जफत माग गर्दै बरदानकी निर्मात्रा कविता श्रेष्ठले रेजिनाविरुद्ध उजुरी दिएकी हुन् । कविताले गृहमन्त्रलायमा भने भोलि उजुरी दिने बताइन् । उनले भनिन् समझदारीमा कुरो नमिलेपछि उजुरी दिनै पर्‍यो ।
कविताको मुद्दाबारे बुझ्न खोज्दा नायिका रेजिनाले भनिन्, ‘कविताले आफूलाई बदनाम गराउन जहाँपायो त्यहाँ उजुरी हाल्दै हिँडेकी छन् ।’ म उनकाविरुद्ध शुक्रबार मानहानीको मुद्दा हाल्छु । निर्माता संघमा छलफल गरेर मिलाउलाभन्दा भन्दै प्रहरीमा जानु कविताको गलत नियत भएको उनले सुनाइन् । (सौस)

प्रतिक्रिया