प्रदर्शनको तयारीमा करामत

Samjhana-Pyakurelकाठमाडौं : चलचित्रका नायक अचेल निर्माता पनि बन्ने गरेका छन् । यस्तैमा नायकको भूमिकामा अभिनय गर्दे आएका रोही श्रेष्ठको लगानीमा निर्मित चलचित्र करामत प्राविधिक कार्य सकाएर प्रदर्शनको तयारीमा जुटेको छ ।
युनिभर्स फिल्मस्को ब्यानरमा एक्सन, लभस्टोरी विषयवस्तु समेटिएर निर्माण गरिएको करामतलाई दिनेश पौडेलले निर्देशन गरेका हुन् ।
सुमन सिंह, रोही श्रेष्ठ, सम्झना प्याकुरेल, सोनिया शर्मा आदिको मुख्य भूमिका छ । लक्ष्मण शेषको संगीत, नारायण रिजालको नृत्य रहेको चलचित्र भदौ पहिलो सातामा प्रर्दशनमा आउने निर्मातामध्येका एक राजु महर्जनले बताए । (सौस)

प्रतिक्रिया