रङ उद्योग संकटमा

वीरगन्ज : कच्चा पदार्थको आयातमा उच्च भन्सार महसुल कायम गरिएका कारण यहाका अधिकांश रङरोगन उद्योग संकटमा परेका छन् ।

स्वदेशी रङरोगन उद्योगको संरक्षणका लागि कच्चा पदार्थको आयातमा लगाइने भन्सार महसुलमा कम गर्न उद्योगीले सरकारलाई आग्रहसमेत गरेका छन् ।
‘सरकारले लगानीमैत्री वातावरण दिने प्रतिबद्धता देखाउँदै आए पनि व्यवहारमा त्यसो देखिएको छैन,’ उद्योगी–व्यवसायीले भने । सरकारी नीतिका कारण झन्डै दुई दर्जन स्वदेशी रङरोगन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
भन्सार महसुल नघटाए र न्यून गुणस्तरीय उत्पादनको अनियन्त्रित आयातलाई नरोकिए यहाँ उद्योग चल्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । कच्चापदार्थमा उच्च राजस्व असुली र न्यून गुणस्तरीय उत्पादनको अनियन्त्रित आयातले रङरोगन उद्योगमा गरिएको लगानी नै डुब्ने अवस्थामा पुगेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोककुमार वैद्यले बताउछन ।
रङरोगन उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार महसुल तयारी वस्तु आयात गर्दाको तुलनामा तीन गुणाभन्दा बढी छ । कच्चापदार्थ र तयारी वस्तुको आयातमा लाग्ने भन्सार महसुलमा देखिएको उच्च अन्तरलाई कुनै पनि हालतमा न्यायोचित मान्न नसकिने उनको भनाई छ । तयारी वस्तुभन्दा कच्चापदार्थमा बढी राजस्व असुल गर्ने प्रवृतिका कारण यस क्षेत्रमा सञ्चालित अधिकांश उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । केही उद्योग सञ्चालनमा आएपनि उनीहरूले आºनो कुल क्षमताको १० देखि १५ प्रतिशत मात्र उत्पादन गर्दै आएका छन् । यस्ता उद्योगले वालपुटीको कच्चापदार्थको रूपमा प्रयोग गर्ने ह्वाइट सिमेन्ट आयात गर्दा ३० प्रतिशत भन्सार महसुल कायम गरिएको छ भने तयारी वालपुटी आयातमा १० प्रतिशत मात्र भन्सार महसुल लाग्ने गर्छ ।
‘रङरोगन स्वदेशी उद्योगहरूलाई आत्मनिर्भर बनाउन र लगानी सुरक्षित गर्न सरकारले कच्चापदार्थको आयातमा लगाएको उच्च भन्सार महसुललाई कम गर्नैपर्छ,’ शालीमार सिमेन्ट उद्योग प्रालिका सञ्चालक राजु वैद्यले भने, ‘यसलाई अविलम्ब सुधार नगरे यस उद्योगमा लागेको अर्बांैको लगानी डुब्न सक्ने सम्भावना छ । ’

प्रतिक्रिया