नेकपा–माओवादीद्वारा २ सय ३५ बिघा जग्गा कब्जा

महोत्तरी : नेकपा–माओवादीले बुधबार महोत्तरीको फुल्काहा–८ जमुनियास्थित २ सय ३५ बिघा जमिन कब्जा गरेको छ ।
माओवादीका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले दिएको जानकारीअनुसार फुल्काहामा रहेको वसन्त श्रेष्ठ, नरेश यादव, जगरनाथ सिंह र ललन सिंहको गरीे २ सय ३५ बिघा जमिन कब्जा गरिएको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा मिथिला सेक्रेटरी रामचन्द्र ठाडामगर, महोत्तरी जिल्ला इन्चार्ज रामपुकार यादव, अखिल नेपाल किसान संघ मिथिला संयोजक टंक प्रसाईंलगायतको उपस्थितिमा २०५५ सालमा तत्कालीन माओवादीले कब्जा गरी फिर्ता दिएको जमिन फेरि कब्जा गरिएको अखिल नेपाल किसान संघ मिथिला सहसंयोजक अप्सरा बरालले बताइन् ।
कब्जा गरिएको जमिनमा सुकुम्बासी बस्ती बसालिएको छ । (सौस)

प्रतिक्रिया