पचास नेपाली दूतावासको सम्पर्कमा

काठमाडौं, १३ असार । भारतको उत्तराखण्डमा आएको बाढीको चपेटामा परी हालसम्म हराएको आशंका गरिएका ५० नेपाली दूतावासको सम्पर्कमा आएका छन् । दिल्लीस्थित नेपाली दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै उनीहरू हरिद्वार, ऋषिकेश र देहरादून पुगेको जनाएको छ । नेपालीको पछिल्लो अवस्था र खोजी कार्यमा संलग्न उद्धार टोली निरन्तर सम्पर्कमा रहेको र उद्धारका लागि दूतावासको टोलीले अन्य टोलीसँग आग्रह गरिरहेको विज्ञप्तिमा उल्लेख छ । बद्रीनाथमा रहेका ३१ नेपालीको शीघ्र उद्धारका लागि भारत सरकारसँग पुन: आग्रह गरिएको दूतावासले जनाएको छ । पाण्डुकेश्वरमा उद्धारको पर्खाइमा रहेका चार र गुप्तकाशीमा रहेका बाजुरा र दाङका नौ नेपालीसँग दूतावासको फोन सम्पर्क भइरहेको विज्ञप्तिमा उल्लेख छ । सडकमार्ग खुल्नासाथ उनीहरू फर्कने तयारीमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया