३ लाखको लगानीमा स्थानीयले काठे पुल बनाए

रोल्पास्  जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने जुँगार गाविस र बूढागाउँ गाविसलाई जोड्ने चबिखोलामा जुँगार गाविसवासीले आङ्खनै लगानीमा काठेपुल निर्माण गरेका छन् । पुल नहदा स्थानीयले वर्षातको समयमा वर्षौदेखि सास्ती भोग्दै आइरहेका थिए । जुँगार बजार व्यवस्थापन समितिको पहलमा बख्खुर सामुदायिक वन जुँगारको आर्थिक सहयोग तथा विभिन्न निकायका व्यक्तिको श्रमदानबाट करिब ३ लाख ५० हजार रुपियाँ बराबरको लगानीमा काठको पुल निर्माण गरेपछि त्यहाँका वासिन्दाले सहज महसुस गरेका छन् । वर्षेनी वर्षातको समयमा किनमेलका लागि जुँगारको नेर्पा बजारमा आवतजावत गर्न कठिनाइ भइरहने उक्त स्थानमा अब भने गाडी मोटर सहजै सञ्चालमा आउने भएका छन् ।     लामो समयसम्म पनि जिल्ला तथा केन्द्रबाट कुनै सहयोग र पहल नभएका कारण स्थानीय आफँैले यस्तो काम गर्नुपरेको शन्त निरङकारी मण्डल शाखा कार्यालय जुँगारका अध्यक्ष दलबहादुर राणाले जानकारी दिनुभयो । ९सौस०

प्रतिक्रिया