रकम अभावमा लगानी घट्यो

धनगढी: सरकारबाट माग गरिएको ऋण अनुदान रकम (कर्जा) आउनमा बिलम्व भएपछि सुदूपश्चिमाञ्चल ग्रामीण विकास बैंकले चालु आवमा विपन्न समुदायमा अपेक्षाकृत रुपमा ऋण लगानी गर्न सकेको छैन ।
वार्षिक रुपमा सरकारको बजेट बन्न बिलम्व भई टुक्राटुक्रामा बजेट आएको कारण पनि ऋण अनुदान रकम आउन ढिलाइ भई सोचे जति कर्जा प्रवाह हुन नसकेको सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंक प्रधान कार्यालय धनगढीका कर्जा विभाग प्रमुख हयग्रिव ढकालले बताए ।
ऋण वा अनुदान रकम समयमै प्राप्त नहु“दा बैंकले चालु आवको गत वैशाख सम्ममा ६ करोड ६६ लाख ४१ हजार १ सय ७५ लगानी गर्न सकेको छ । चालु वर्षमा करिब १८ करोड ६९ लाख २९ हजार ऋण लगानी गर्ने लक्ष्य बैंकले राखेको थियो । बाहिरी स्रोत जुट्न नसकिरहेकाले बैंकले दुई वर्षदेखि असुली भएको रकमबाटै कर्जा प्रवाह गर्नुपरेको ढकालले बताए ।
बैंकले सो अवधिमा लगानीमा रहिरहेकामध्ये रु सात करोड ८१ लाख १३ हजार ४ सय ७७ असुली गरेको छ । आव २०६८÷६९ मा बैंकले आठ करोड ४२ लाख ३३ हजार ७९७ लगानी गरेको थियो भने लगानीमा रहिरहेकामध्ये नौ करोड ३४ लाख ९२ हजार ११३ असुली गरेको थियो ।
सुदूपश्चिमाञ्चलका बाजुराबाहेक सबै आठ जिल्ला कार्य क्षेत्र रहेको यो बैंकले हालसम्म एक अर्ब ७० करोड ४० लाख ९१ हजार १ सय ९ लगानी गरेकामा एक अर्ब ५७ करोड तीन लाख ६४ हजार ७ सय ५१ असुली गरेको छ । गाउगाउमा गएर विपन्न समुदायको समूह गठन गर्दै समूहमा कर्जा प्रवाह र बचत सङ्कलन गर्ने यो बैंकको भाखा नाघेको कर्जा भने गत असारसम्म ५६ करोड ९२ लाख ९० हजार ५ सय २ रुपिया रहेकामा चालु वर्षको गत वैशाखसम्म पाच करोड ९५ लाख आठ हजार ९ सय ५९ पुगेको छ ।
विसं २०६३ पूर्वको भाखा नाघेको कर्जा मात्रै चार करोड ६६ लाख ५४ हजार ६ सय ३ रुपिया रहेको छ । आव २०६२÷६३ को परिर्वतनपछिको सरकारले ३० हजारसम्मको कर्जाको सा“वा र ब्याज तथा एक लाखसम्मको कर्जाको ब्याजमा मिनाहा कार्यक्रम ल्याइएको भएपनि ग्रामीण विकास बैंकबाट ऋण लिएकाले सरकारकोे यो सुविधा नपाएका कारण ग्रामीण विकास बैंकको असुलीमा नकारात्मक असर परेको बैंकका कर्मचारीहरू बताउछन् । नियमित बुझाउनु पर्ने किस्ता रकम बुझाउनेले किस्ता बुझाउन असमर्थ भएपछि बैंकको खराब कर्जा बढेको हो ।
द्वन्द्वकालमा विस्थापित यो बैंकका अधिकांश शाखाहरू हाल पुनःस्थापित भइसकेका छन् । अछामको सा“फे र कैलालीको फूलबारी शाखा भने पहिलेकै क्षेत्रमा पुनःस्थापित नगरी यी शाखाको कारोबार नजिकका शाखाबाट गर्ने गरिएको छ । बैंकले कृषि, सेवा, घरेलु उद्योग, गोवरग्यासलगायतमा ऋण लगानी गर्दै आएकामा सबैभन्दा बढी लगानी कृषि र सेवा क्षेत्रमा रहेको छ । देशका पाचवटै विकास क्षेत्रमा रहेका ग्रामीण विकास बैंकहरू हाल गाभिने प्रक्रियामा छन् ।

प्रतिक्रिया