सावित्रीका संघर्ष कथा डकुमेन्ट्री र पुस्तकमा

Final-Book-Pidaka-5000-Din-काठमाडौं : दाजुभाइको हत्यारालाई कारबाही गराउन संघर्षरत सावित्री श्रेष्ठका पीडालाई समेटेर डकुमेन्ट्री बहादुर बहिनी निर्माण गरिएको छ । पत्रकार गणेश पाण्डेले निर्देशन गरेको ४० मिनेट अवधिको छ ।
अन्तरजातीय बिहेकै कारण भाइ उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि परिवारले गरेको संघर्ष पर्दामा उतारिएको छ । गणेश—उज्जन (भुवन) स्मृति प्रतिष्ठानले निर्माण गरेको डकुमेन्ट्रीका परिकल्पना गणेशमान लामा हुन् । राम श्रेष्ठको सम्पादन, जुगल डंगोलको संगीत, विनोद विष्ट र वासुदेव न्यौपानेको छायांकन छ । डकुमेन्ट्रीका कार्यकारी निर्माता  प्रोड्युसर गगन विष्ट हुन् ।
०५५ असार १० गते अन्तरजातीय बिहे गरेकै कारण सावित्रीका भाइ उज्जनको हत्या भएको थियो । भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका माइला दाइ गणेशकुमार श्रेष्ठ पनि २०५९ मंसिर ८ गते छोरी रचनाकै अगाडि गोली हानी मारिए । बाबाको वीभत्स हत्याले छोरी रचनाले आफूलाई सम्हाल्न नसकी आत्महत्या गरिन् ।
एउटा घटनाले परिवारमा तीन जनाको ज्यान गएपछि सावित्री श्रेष्ठले गरेका संघर्ष, मिडिया र अधिकारकर्मीको संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, काठमाडौंको शरणार्थी जीवन, न्यायको लडाइ“देखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्कीलाई समेटिएको छ । नेपालमा आफूले गरेको ज्यादतीलाई सत्ता वा शक्तिमा बस्नेहरूले पदमा हु“दा गरेको स्वाभाविक कामका रूपमा बुझ्ने प्रचलन स्थापित भएको छ । बहादुर बहिनी त्यसको एउटा नमुना हो । निर्देशक पाण्डेले भने ।
त्यस्तै, सावित्री श्रेष्ठकै पीडाको संघर्षमा आधारित पुस्तक पीडाका ५००० दिन दिन सोमबारबाट बजारमा आएको छ । डेढ सय पेजको पुस्तकले उज्जनकुमार श्रेष्ठका हत्या, गल्ती छोप्न माओवादीले गरेको झुट, प्रलोभन, धम्की सनसनीपूर्ण विषयलाई समेटिएको छ । पुस्तकको सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीले सार्वजनिक गरे । उज्जनकुमारको हत्यामा दोषी ठहर गर्दै माओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । बाबुराम भट्टराई नेतृत्वको सरकारले ढुंगेललाई २०६८ कात्तिक २२ गते आममाफीको सिफारिस गरेपछि यो निकै विवादको विषय बन्यो । जुन अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । (सौस)

प्रतिक्रिया