भारत जाँदै गरेका पाँच बालकको उद्धार

Dadeldhura-Ka-Balakडडेल्धुरा, ११ असार । मुगु शेरी–५ का बालक भागेर भारत जाँदैगरेको अवस्थामा प्रहरी चौकी अनार खोली डडेल्धुराले सोमबार उद्धार गरेको छ ।

मुगु जिल्ला शेरी गाविस शेरी गाउँका १३ वर्षीय कमल टमटा, ११ वर्षीया भीमबहादुर टमटा, १० वर्षीय चन्द्रप्रकाश टमटा, १४ वर्षीय मनसिह टमटा र ९ वर्षीया लालचन्द्र टमटालाई प्रहरी चौकीले उद्धार सोमबार उद्धार गरेको हो । ७ असार गते घरबाट भागेर बाजुरा पुगेका बालक बाजुराको बेतालमाडांैबाट बस चढी डडेल्धुराको स्याउले बजार आएका र स्याउलेसम्म पुग्दा पैसा सकिएकोले स्याउलेदेखि पैदल हिँडेर अनारखोली हँुदै पिथौरागढको बड्डा बजारमा नौकरी गर्न हिँडेका तिनीहरूलाई अनारखोली प्रहरी चौकीले उद्धार गरेको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले बताए । नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयमा अध्ययन गर्दै आएको र विद्यालयमा दुई महिनाका लागि बर्खे बिदा भएकोले घरबाट भागेर पिथौरागडको बड्डा बजारमा नौकरी गर्न हिँडेको १४ वर्षीया मनसिंह टमटाले बताए । उनीहरू घरमा खबर भइसेको र मुगुबाट डडेल्धुरा पुग्न तीन दिन लाग्ने भएकोले उद्धार गरिएका बालकलाई जिल्ला बालकल्याण समिति डडेल्धुराको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसार्इंले बताए ।

प्रतिक्रिया