स्कुल बस दुर्घटना/१४ विद्यार्थी घाईते

lalitpurललितपुर, १० असार । ललितपुरको चापागाउँमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ ।
चापागाउँ टाखेल चौतारा नजिकै आज (सोमबार) विहान पौने दश बजे बा.१ क ६२०३ नम्वरको ईमरेल्ड बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा १४ विद्यार्थी घाईते भएका हुन् । घाइते विद्यार्थीको अवस्था सामान्य छ ।
न्यौपाने गाउँबाट बिद्यार्थी लिएर आउने क्रममा बस अनियन्त्रित भएर सडकबाट करीव ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
कक्षा २ मा अध्यनरत ८ बर्षीय प्रबेश श्रेष्ठ, कक्षा ४ मा पढ्ने १४ बर्षीय राजी तामाङ, ४ बर्षीय रोशन राईसहित १४ जना बिद्यार्थी घाइते भएका हुन् । उनीहरुको बज्रवराही हेल्थपोष्ट र पाटन अस्पतालमा उपचार भएको छ ।

प्रतिक्रिया