सुकेधारामा एक्सन–कट

काठमाडौं : अहिले चलचित्र निर्माणमा तीव्र छाए पनि कलाकारिताबाट जीविकोपार्जन हुने अवस्था बन्न सकेको छैन । त्यसै भएर होला सायद अभिनेता कैलाश भण्डारीले काठमाडौंको सुकेधारामा एक्सन कट नामक कल्चर सेन्टर सञ्चालनमा ल्याएका छन् ।
आफू कलाकार भएको नाताले कलाक्षेत्रमा आउन चाहनेलाई सजिलो होस् भन्ने हेतुले एक्सन कट सञ्चालनमा ल्याएको बताए । अभिनय, नृत्य, एक्सनलगायत कलाका सम्पूर्ण प्रशिक्षणको व्यावस्था कल्चरमा मिलाइएको उनले खुलाए ।
कल्चरमा चलचित्रकर्मी रेशराज आचार्यको पनि संलग्नता छ । मदनबहादुर हरिबहादुर नामक टेलिशृंखलामा प्रहरी निरीक्षकको भूमिका निर्वाह गरेर कलाकारितामा पाइला बढाएका कैलाशले प्रहार, मायाको बारीमा, सेफल्यान्डिङलगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । (सौस)

प्रतिक्रिया