मलेससियामा १९ नेपाली कामदार अलपत्र

काठमाडौ । इनोभेटिभ सर्भिस वनस्थली र समद ओभरसीस गौशालाले मलेसियाको फ्याक्ट्रीका लागी काम गर्न पठाएका १९ नेपाली कामदार अलपत्र परेका छन् । मलेसियाका एजेन्टले नेपाली कामदारलाई कुनै पनि सहयोग नगरेको कारण बिचल्लीमा परेको उनीहरूका आफन्तको भनाइ छ ।

गत ३१ जेठमा ती दुई कम्पनीले नेपाली कामदारलाई दुई समूहमा विभाजन गरेर मलेसिया पुर्‍याएको थियो । पीडितका आफन्तमध्येका क्रषिराम दुललाले भने, ‘एक गु्रुुपलाई थाइल्यान्ड हुँदै क्वालालम्पुर र अर्को गु्रपलाई सिधै क्वालालम्पुर पुर्‍याएको थियो,’ उनले थपे, ‘एयरपोर्टमा म्यानपावर कम्पनीका कोही पनि लिन नआएपछि स्थानीय प्रहरीले ५ दिन निर्घात रूपमा कुटपिट गरी भोकै राखेको थियो ।’ नेपाली राजदूतावासले पहल गरेपछि डोमेस्टिक फ्लाइटमा कुचिङ भन्ने ठाउँको एक जंगलमा उनीहरूलाई राखेको पनि आफन्तहरूले बताए ।
इनोभेटिभ सर्भिसेसले आफ्नो म्यानपावर कम्पनीबाट वैदेशिक राजगारीमा जान लागेका कमदार समद ओभरसिजलाई बेचेको थियो । इनोभेटिभ सर्भिसेसका टेकबहादुर अधिकारी एक कम्पनीबाट जान लागेका कामदारलाई अर्को कम्पनीबाट पठाएर उनीहरूबाट प्रतिव्यक्ति एक लाख ३० हजारदेखि एक लाख ७० हजारसम्म लिएको पीडित कामदारका आफन्तले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
फ्याक्ट्रीमा काम लगाइदिन्छु भनेर १९ जना नेपाली कामदार पठाएर उनीहरूलाई दस दिनसम्म कुहिएको बन्दाको पात खान दिएर राखिएको पनि उनीहरूका आफन्तले बताए । दुलालका अनुसार उनीहरूलाई नेपाल झिकाउनका लागि म्यानपावर कम्पनी, वैदेशिक रोजगार विभाग देखि राजदूतावाससम्म पुग्दा कुनै सकारात्मक पहल हुन सकेन ।
उनीहरूलाई नेपाल फर्काउनका लागि चाहिने रकम कुन म्यानपावर कम्पनीले बेहोर्ने हो सो सम्बन्धमा अझै पनि कुरा मिल्न सकेको छैन । समद ओभरसिजका विवेक चालिसे र इनोभेटिभ सर्भिसेसका हरि गुरुङलाई पक्राउ गर्न महानगरीय प्रहरी प्रभाग गौशालामा निवेदन गर्दा पनि गौशालाले विभागको स्वीकृत चाहिन्छ भनेर निवेदन दर्ता गर्न नमानेको पीडित पक्षको भनाइ छ ।
उता सहचारी अमन किरण ढकालले त्यस्ता नेपाली फर्कन चाहे पनि उनीहरूको पासपोर्ट खोसेर राखेको तथा नेपाल फर्कन नदिएको पीडित परिवारको आरोप छ । उनीहरूको पासपोर्ट खोसेर कम्पनीलाई दिएको छ । समद ओभरसिसका चालिसेले नेपाल फर्काउन कोसिस गर्ने बताए पनि अर्का एजेन्ट गुरुङ मलेसिया भागेका कारण असफल भएको आरोप आफन्तजनको छ ।

प्रतिक्रिया