परागसेची पद्धतिबाट उत्पादन बढ्दै

चितवन, ९ असार । परागसेची किराहरूको संरक्षणका लागि परागसेची पद्धतिबाट उत्पादन गरिएको करेला खेतीबाट उत्पादन बढ्दै गएको कृषकहरूले बताएका छन् ।

प्रकृती संरक्षण कृषक पाठशाला रनपा–४ देवौलीले परिक्षणका लागि यो सिजनमा गरेको करेला खेतीबाट उत्पादन बढ्दै गएको हो । २ कठ्ठा जमिनमा ५ वटा प्लट बनाएर लगाईएको तरकारी खेतीमा उत्पादन शुरु भएदेखी २५ केजी करेल फलेको प्रकृती कृषक पाठशालाका अध्यक्ष सृष्टि तिवारीले जानकारी दिएकी छन् । करेला लगाएको ३५ दिनपछि फल्ने गर्दछ ।
त्यस क्षेत्रमा झुल लगाएर र झुल नलगाई २ किसीमबाट उत्पादन परिक्षण गरिएको छ । यसरी गरिएको उत्पादनमा बिना झुल गरिएको करेला खेतीको उत्पादन राम्रो देखिएको हो । परागसेची किराहरूको उपस्थितीबाट उत्पादन बढेको उनले जानकारी दिएकी छन । परागसेची पद्धतीबाट यस अधि पनि परिक्षण स्वरूप बिभिन्न खेती गरिदै आईएको विश्व परागसेचन परियोजना कृषी तथा पशु बिज्ञान अध्यन संस्थान रामपुरका ब्यबस्थापक केदार देवकोटाले जानकारी दिए ।
चितवनमा सन् २०१० बाट शुरु गरिएको परागसेची पद्धतीमा तेलहन वालीमा फापर तोरी, तरकारीमा करेला र कांक्रोमा सफल परिक्षण गरिएको छ । चितवनको गीतानगर, रत्ननगर ४,जुटपानी, पदमपुर मेघौली पिठुवा, री लगाएतका १२ वटा गाविसमा व्यवसयाीक रूपमै परागसेची खेती गरिएको छ । परागसेची पद्धतीमा मित्रुजीवको अर्थात मौरीजन्य किराहरूको परागसेचनबाट उत्पादनमा बृद्धि हुने गर्दछ ।

प्रतिक्रिया