भक्तपुरको कटुन्जेमा बाढीको बितण्डा

Bhaktapur Districtभक्तपुर, ८ असार । अविरल बर्षासँगै बाढी प्रवेश गर्दा भक्तपुरमा १० वटा घर तथा टहरा र पोल्टी फर्ममा नोक्सानी भएको छ ।
अविरल बर्षाले कटुन्जे–६ का गंगाप्रसाद सुवालको पोल्टी फर्ममा आज (शनिबार) विहान पौने पाँच बजे आएको बाढी पसेर क्षतिपुर्‍याएको प्रहरीले जनाएको छ ।
बाढीले ५० बोरा कुखुराको दाना, २ वटा चल्ला निकाल्ने मेशिन र अण्डासमेत करीव ३ लाख ४५ हजार बराबरको क्षतिपुर्‍याएको छ ।
बाढीले अन्य १० वटा घर तथा टहरामासमेत क्षति पुर्‍याएको छ । बाढीले घर तथा टहरामा करीव १७ लाख ५९ हजार बराबरको धनमालको क्षतिपुर्‍याएको छ ।

प्रतिक्रिया