संघीयता विनाकै निर्वाचन गरौं : केसी

Chitra-Bahadur-KC-Dailekhaकाठमाडौं, ८ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता विनाको संविधानसभा निर्वाचन गर्नुपर्ने माग दोहराएका छन् ।
काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा अध्यक्ष केसीले संघीयतासहितको संविधानसभा गर्ने हो भने फेरि पनि नयाँ संविधान बन्न नसक्ने बताए । ‘संघीयतालाई छाडेर निर्वाचन गरौं,’ उनले भने, ‘संघीयताको विषय उठाउने हो भने फेरि पनि नयाँ संविधान बन्न सक्दैन ।’
उनले मंसिरमा निर्वाचन हुन नसके मुलुकमा निर्दलीय सरकार आउने खतरा रहेको दाबी गरे ।
‘देशको राष्ट्रियता र सार्वभौमिकता जोगाउन संघीयता नल्याउने गरी संविधानसभाको निर्वाचन अनिवार्य छ,’ उनले भने ।
उनले वर्तमान सरकारको निर्दलीय चरित्र, दलहरुको असफलता र विदेशी चलखेलले फेरि राजतन्त्र ल्याउने हल्ला गर्नेहरु बढेको बताए ।

प्रतिक्रिया