क्रियाशील सदस्यलाई न्यूनतम ५० अनिर्वाय

Nepali Congressकाठमाडौं, ७ असार । नेपाली कांग्रेसले सुदूरपश्चिमका जिल्लाहरुका बाढी/पहिरो पीडितहरुका लागि राहत संकलनको अभियोग शुरु गरेको छ ।
कांग्रेसले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर आफ्ना शुभेच्छुक र क्रियाशील सदस्यलाई अनिर्वाय सहयोग गर्न अपील गरेको हो ।
कांग्रेसले आकस्मिक विपतको दु:खद् घडीमा सम्पूर्ण प्रभावितहरुप्रति साथ सहयोग र ऐक्यवद्धता जनाउँदै सहयोग गर्न भनेको छ ।
‘दैवीय विपद प्रभावित परिवारहरुलाई राहत स्वरुप मानवीय सहयोग पुर्‍याउन कांग्रेस आफ्ना स्वदेश र विदेशमा रहेका सम्पूर्ण क्रियाशील सदस्यहरुलाई न्यूनतम ५० रुपियाँ अनिवार्य सहयोग गर्न आग्रह गर्छौं,’ अपीलमा भनिएको छ ।
सहयोगका लागि कांग्रेसले नेपाल बैंक लिमिटेड, कुपण्डोल, ललितपुरको चल्ती खाता नम्बर १३५—११—१००७५ रकम जम्मा गर्न आह्वान गरेको छ ।
सहयोग मुख्यत: दार्चुलाका साथै बैतडी, डडेल्धुरा, कञ्चनपुर, अछाम, डोटी, कैलाली, बझाङ, बाजुरा, वर्दिया, कालिकोट, दैलेख, डोल्पा, रुपन्देहीलगायतमा उपलब्ध गराउने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया