विदेशबाट फर्किएका १ सय ९० थुनिए

काठमाडौं, ७ असार । लामो समयसम्म विदेशमा काम गरेर नेपाल फर्किएका नेपाली कामदार अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरी हिरासतमा पर्ने गरेका छन् । चालु आवको वैशाखयता मात्रै १ सय ९० कामदार पक्राउ परिसकेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा पासपोर्ट देखाएपछि कामदार घरमा नभएर थुनामा पर्ने गरेको अध्यागमन विभागले बताएको छ । वैशाखमा ८५ जना, जेठमा ८२ जना र असारमा २० जना नेपाली कामदार समातिएका छन् । अध्यागमन विभागका अधिकृत देवर्षि सापकोटाले भने, ‘पाँच हजार जोगाउन अर्काको पासपोर्टमा आºनो फोटो राखेर, विदेशको बाटो प्रयोग गरेर खाडी मुलुकमा गएका कामदार नेपाली बाटो भएर फर्कन्छन्, फर्कंदा अध्यागमन विभागको पासपोर्ट रिडिङ मेसिन (एमआरपी)ले परीक्षण गर्छ र गल्ती भेटेको खण्डमा अध्यागमन विभागले कारबाही गर्छ ।’
वैदेशिक रोजगारीमा जाँदा नेपालको बाटो भएर नजाने, भारतको बाटो भएर जाने, आºनो पासपोर्टमा नाम, थर परिवर्तन गर्ने, पासपोर्टको तस्बिर परिवर्तन गर्ने, जसका कारण हस्ताक्षर नमिल्ने, जन्ममिति फरक पर्ने हस्ताक्षरको मसी नै फरक पर्ने कारणले यस्तो अवस्था सिर्जना भएको अधिकृत सापकोटा बताउँछन् । यसरी आºनो विवरण परिवर्तन गर्ने नेपाली दैनिक १०/१२ सम्म नेपाली कामदार समातिने गरेको अधिकृत सापकोटा बताउँछन् । विशेष गरी खाडी मुलुकबाट नेपाल फर्केका नेपाली कामदार पक्राउ पर्ने गरेको अधिकृत सापकोटाले बताए । उनले भने, ‘यसमा पुरुषको दाँजोमा महिला बढी छन् ।’
कामदारले आफ्नो पासपोर्टमा विवरण सच्याएको पाइएमा अध्यागमन ऐनविपरीत काम गरेको भन्दै पक्रिने गरेको छ । यसरी पक्रिएकालाई अनुसन्धानका लागि अध्यागमन विभाग कालिकास्थानमा ल्याउने गरेको छ । अधिकृत सापकोटाका अनुसार विभागमा ल्याइएकाहरूको प्रारम्भिक अनुसन्धान गरिन्छ अनि अदालतमा म्याद थप गरेर मुद्दा चलाइन्छ, त्यसपछि कानुनअनुसार धरौटी राखेर रिहा गरिन्छ ।  विभागले ५० हजार जरिवाना र पाँच वर्ष कैदको सजाय हुन्छ । अध्यागमन विभागले पासपोर्टको विवरण सच्याएको,  भिसा अवधिभन्दा बढी विदेश बसेको र अध्यागमन ऐनविपरीत काम गरेको खण्डमा कारबाही गर्दै आएको विभागले जनाएको  छ । विशेष गरी खाडी मुलुकबाट आउँदा समातिनेमा महिला बढी हुने गरेको विभागले बताएको छ ।

प्रतिक्रिया