सकियो अफ्रिकन फिल्म फेस्टिवल

resize_image-(1)काठमाडौं : ‘तेस्रो नेपाल अफ्रिका फिल्म फेष्टिवल–२०१३’ बिहीबारबाट सकिएको छ । मंगलबारबाट काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा सुरु भएको  फेष्टिवलमा नेपाली र अफ्रिकन गरी दर्जनाँै चलचित्र प्रदर्शित भए ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजनामा सुरु भएको फेस्टिवलमा नेपालका तर्फबाट दासढुंगा, यसरी नै आरू फुल्छ, बर्मा इन् माई माइन्ड र द काम्री चलचित्रले सहभागिता जनाएको थियो भने  त्यस्तै, इजिप्टको नासर ५६, साउथ अफ्रिकाको स्किन, बोफा र साराफिना, रुवान्डाको सम टाइम्स इन् अप्रिल र होटल रुवान्डा, सेन्ट्रल अफ्रिकाको वाइल्ड अफ्रिका, तान्जानियाको अंकल जेजे र एन्गोरोन्गोरो, जिम्बाबेको सेयरिङ डे, नाइजेरियाको क्राइसिस इन् पाराडाइज र किन्यावान्डाका चलचत्र समाबेस थिए ।
फेस्टिवलमा युगान्डाको ब्याटल अफ द सोल र विन्डोज अफ होप, जैरी डिआरसीको लेस डर्नियर्स कोलोन, वेस्ट अफ्रिकाको किरिकोउ, रुसको लेनिन ग्राड र इकोनोमिक अफ काजन, केन्याको द ह्वाइट मेसाई, डेनमार्कको ब्याग ब्लिक्सन मास्के र यस्टर्डेज स्लेभ, फ्रान्स, बेल्जियम चाडको ए स्क्रिनिङ मेन र जाम्बियाको केरकेर जुकेरा पनि प्रदर्शीत भयो । नेपाल र अफ्रिकाबीचको दूरीमा पुलको काम गर्न आयोजना गरिएको महोत्स नेपालसहित १५ अफ्रिकी मुलुकका फिल्म सहभागी थिए । (सौस)

प्रतिक्रिया