सानो पर्दामा भिज्दै रिजाल

Narayan-Rijalकाठमाडौं : लामो समयको संघर्षपछि कलाकार नारायण रिजाल पछिल्लो समय सानो पर्दाका हास्य टेलिशृंखलामा देखिन थालेका छन् ।
उनी किशोर भण्डारीको निर्देशनमा बन्ने ‘डिठ्ठा साब’ र लक्ष्मण पौडेलको ‘किलो टेङगो माइक’मा देखिन थालेका हुन् । दुवै सिरियलमा उनले राम्रो अभिनय गरेको दाबी गर्छन् । चलचित्रमा सानोतिनो भूमिकामा अभिनय गर्दै आएका रिजालले यी सिरियलमा लामो भूमिकामा अभिनय गरेका छन् । उनको अभिनयसँग निर्देशक र निर्माण पक्ष सन्तुष्ट छन् ।
पोखरामा म्युजिक भिडियो छायांकन गर्ने क्रममा रिजालको अभिनयबाट प्रभावित भएका कान्तिपुर टेलिभिजनका क्यामेराम्यान अर्जुन तिवारीले उनलाई हास्यसिरियलमा खेल्न हौसाएका हुन् । तिवारीले नै दुवै सिरियलको छायांकन पनि गर्दै आएका छन् ।
कान्तिपुर टेलिभिजनमा आउने ‘डिठ्ठा साब’ र ‘किलो टेङ्गो माइक’ हालका चलेका सिरियलमा पर्छन् । (सौस)

प्रतिक्रिया